आज अमेरिका सहित आठ देशको विनिमय दर बढ्यो

काठमाडौँ । आज अमेरिकी डलरसहित केही देशको विनिमयदर बढेको छ । नेपाल राष्ट्रबैंकले आजका लागी तोकेको विदेशी मुद्राको विािय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९८ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ५८ पैसा पुगेको छ। यसै गरी युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ २७ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ १ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ १६ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १० पैसा रहेको छ।स्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३९ रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ ४२ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ १ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ७७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३७ पैसा रहेको छ।

Back to top button
>
Close