नेपालको नयाँ नक्सा हामीलाई मान्य छैन : भारत (विज्ञप्तीसहित)

काठमाडौं । नेपालले बुधबार जारी गरेको नयाँ नक्सालाई भारतले स्विकार नगर्ने जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले एक विज्ञप्ती जारी गर्दै नेपालको नक्सा भारतलाई अस्विकार्य भएको उल्लेख गरेका छन् ।

उक्त विज्ञप्तिमा नेपाल सरकारले जारी गरेको अद्यावधिक आधिकारिक नक्सामा भारतको भूमि पनि समावेश गरेको उल्लेख छ ।

जुन एकपक्षीय रुपमा गरेको काम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भारतबो दाबी छ । भारतले नेपालले कूटनीतिक वार्ताको माध्यमबाट सीमाना मुद्दाहरूको समाधान गर्न द्विपक्षीय समझदारीको विपरित काम गरेको आरोप लगाएको छ ।

Back to top button
>
Close