
एजेन्सी । पुरुष बिरामी मात्र भएको कोरोनाभाइरस वार्डमा एक नर्स ब्रा पेन्टी पारदर्शी पीपीइ लगाएर छिरेपछि उनी कारवाहीमा परेकी छिन् । घटना हो रुसको ।
राजधानी मस्कोदेखि सय माइल दक्षिणमा रहेको शहर तुलामा भर्ना भएका ती बिरामीले फोटो शेयर गरेपछि ति नर्सलाई अनुशासनको कारवाही गरिएको छ ।
२० वर्षकी नाम नखुलाइएकी ती नर्सले भने पीपीइ गाउनभित्र नर्सको युनिफर्म लगाउँदा धेरै गर्मी भएकोले आँफुले यस्तो कदम चालेपछि बिरामीको उपचारको क्रममा लगाएको पीपीइ त्यति धेरै पारदर्शी छ भन्ने आफूलाई जानकारी नभएको उनले प्रशासनलाई स्पष्टीकरणमा उल्लेख गरेकी छिन् ।