घरको आँगनभन्दा बाहिर निस्किन पाएका छैनन् भुल्केबासी

काठमाडौं । घरको आँगनभन्दा बाहिर निस्किन नपाएको राजन राउतलाई ३५ दिन भयो । कोरोना भाइरस रोग ९कोभिड–१९० सङ्क्रमणका कारण स्थानीय प्रशासनले पूरै गाउँ सिल गरेपछि चारैतिर सुरक्षाकर्मी छन् । आफ्नै सुरक्षाका लागि भए पनि बन्दाबन्दी अब कठिन हुँदै गएको उनी बताउँछन् ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्के गाउँका ५० वर्षीय राउतले यसरी कुँजिएर घरभित्रै बस्नु निकै ठूलो सास्ती खेप्नु जस्तै भएको बताए । नेपालमा पहिलोपल्ट २४ जना कोरोना भाइरसबाट सङ्क्रमित पुष्टि भएको भुल्के गाउँको जनजीवन बिस्तारै खुकुलो हुने विश्वास पलाएको स्थानीयवासीको भनाइ छ । उनले अब परीक्षण नतिजाको प्रतीक्षा रहेको जानकारी दिए ।

गत वैशाख ५ गते यहाँको नुरी मस्जिदमा बस्दै आएका १२ मुस्लिम धर्म प्रचारकमा कोरोना भाइरस सङ्क्रमण भएको पाइएपछि स्थानीय प्रशासनले पूरै गाउँ सिल ग¥यो । सङ्क्रमण फैलिन नदिन कडा सुरक्षा घेरामा स्थानीयवासीलाई आ–आफ्नै घरआँगनमा मात्र सीमित राखेको छ । बन्दाबन्दीको कडाइका साथ परिपालना गरिएको समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Back to top button
>
Close