आज फेरी थप ३० जनामा कोरोना संक्रमणको पुष्टी, संक्रमितको संख्या ४८७

काठमाडौ,जेठ ९ – नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढदै गएको छ । त्यस्तै आज बिहानै थप ३० जनामा कोरोनाको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार बिहान नवलपरासी, चितवन भरतपुर, कपिलवस्तु, सर्लाहीमा गरी थप ३० जनामा कोरोना पुष्टी भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । भने मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

Back to top button
>
Close