भारतबाट आएका दुई जनामा कोरोना संक्रमण

सन्धिखर्क । अर्घाखाँची जिल्लाका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ। पाणिनी गाउँपालिका–८ पालीको कमला माविको क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा क्वारेन्टाइनमा रहेका १९ वर्ष र ४३ वर्षका दुई पुरुषमा पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिए हो ।

अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण देखा परेको छ। गत जेठ २ गते भारतको रायबरेलीबाट पैदल हिँडेरै पाँच जना गृहजिल्ला आइपुगेका उनीहरुलाई पाणिनी गाउँपालिका–८ को विद्यालयमा क्वारेन्टाइनमा राखिएको थियो।

गत जेठ १० गते शनिवार उनीहरुको थ्रोट स्वाब संकलन गरिएको थियो। उनीहरुसँगै आएका अन्य तीन जनाको भने पीसीआर रिपोर्ट भने नेगेटिभ आएको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close
%d bloggers like this: