संविधान संशोधन सर्वसम्मत बनाउन प्रधानमन्त्रीको पहल

काठमाडौं, जेठ १४ । संविधान संशोधन सर्वसम्मत पारित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक पहल अघि बढाएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार साँझ बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका हुन् ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार बैठकमा संविधान संशोधनसम्बन्धी एक बुँदे एजेन्डामा छलफल भएको छ । सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेसँगै सोहीअनुरूप निशान छापभित्र रहेको नेपालको नक्सा नयाँ सीमाअनुरूप मिलाउन निशान चिह्न संशोधनका लागि संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।

सरकारले जारी गरेको नक्सालाई वैधानिकता दिन संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि त्यसलाई सर्वसम्मत पारित गराउन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर छलफल गरेका हुन् ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी दललगायतले संविधान संशोधनमा सहमति जनाएका छन् । नेपाली कांग्रेसले एकपटक छलफलका लागि समय माग गरेको छ भने मधेसवादी दलले संविधान संशोधन गर्दा आफ्ना माग पनि समेट्न आग्रह गरेको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close