स्वास्थ्यमा २२ अर्ब बजेट थप

काठमाडौँ, १६ जेठ । सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । गत वर्षभन्दा स्वास्थ्य क्षेत्रमा यस वर्ष २२ अर्ब रुपियाँ बजेट थप गरिएको छ । कोरोना भाइरस महामारीसँग जुध्न सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्वास्थ्य क्षेत्रमा रु. ९० अर्ब ६९ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन गर्नुभएको हो । गत वर्ष रु. ६७ अर्ब ७८ करोड बजेट स्वास्थ्य क्षेत्रमा छुट्याइएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले गत वर्षभन्दा स्वास्थ्य क्षेत्रमा रु. २२ अर्ब बढी बजेट थप गरिएको हो ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर ल्याइएको बजेटमा ४० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा समाहित गर्न रु. सात अर्ब ५० करोड रुपियाँ विनियोजन गरेको छ । यसैगरी सरकारले महिला स्वयंसेविकाको यातायात भत्ता दोब्बर बनाएको छ । सरकारले एकीकृत एम्बुलेन्स सेवा थालनी गरी नागरिकलाई थप सुविधा दिने भएको छ । बजेटमा कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई रु. पाँच लाखको बीमा व्यवस्था गरिएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न रु. ६ अर्ब रुपियाँ व्यवस्था गरेको छ । गोरखापत्रमा खबर छ ।

अर्थमन्त्री युवराज खतिवडाले ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’सहित स्थानीय तहमा चिकित्सक कार्यक्रम प्रभावकारी बनाउने बताएका छन् । यस्तै काठमाडौँमा तीन सय शय्याको सरुवा रोग अस्पताल बनाउनुका साथै प्रत्येक प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल सञ्चालन गर्न रु. १२ अर्ब ४६ करोड छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close