
काठमाडौं, १८ जेठ । भारतबाट स्थलमार्ग हुँदै भित्रिएका नेपालीलाई घरसम्म पुर्याउने गरी आवश्यक सवारीसाधन व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
नेपाल प्रवेश गरेकाहरूको तीनपुस्ते विवरण संकलनका लागि ‘होल्डिङ सेन्टर’ मा राख्ने र त्यसपछि सेनाले व्यवस्था गरेका सवारीसाधनमार्फत सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यसतर्फ पठाउने व्यवस्था सरकारले गरेको हो ।
यसका लागि स्थानीय प्रशासन र प्रदेश सरकारसँग समन्वय गरेर यातायात व्यवसायीलाई आवश्यक सवारीसाधन उपलव्ध गराइदिनेबारे छलफल भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय भारतले सीमावर्ती क्षेत्रमा लकडाउन हटाएसँगै नेपालीको रेखदेख र दैनिक जीवन निर्वाहमा चासो दिन छाडेपछि सरकार स्वयंले नै पहल गरेर उनीहरूलाई स्वदेश ल्याउन लागेको हो । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।