
काठमाडौ,जेठ १८ । विश्वास, भाग्य रेखा, फेरि भेटौँला, मायालु, युद्ध, जस्ता कयौ चलचित्रमा अभिनय गरेका बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको आजनिधन भएको छ । उनको आज ८० वर्षको उमेरमा निधन भएको हो । एक छोरी र श्रीमतीसँग बस्दै आएका उनले हालसम्म दर्जनौ चलचित्रमा अभिनय गरेका छन् ।
लामो समयदेखि सुगर, प्रेसर जस्ता रोगबाट पीडित रहेकका कलाकार जयनन्दले चलचित्र ‘जीवन रेखा’ बाट अभिनय शुरु गरेका हुन् । चलचित्र मात्र नभइ उनले थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । उनको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने बताइएको छ ।