नेपालमा थपिए १ सय ६६ जनामा कोरोना संक्रमित, संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो

काठमाडौं, १८ जेठ । मुलुकमा थप १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा आइतबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार ५ सय ६७ पुगेको छ ।

संक्रमितममध्ये १६२ जना पुरुष र ४ जना महिला छन् ।थपिएका संक्रमितहरुमा तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना रहेको बताइएको छ ।

१६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close