
एजेन्सी । एकजना पाको उमेरका पूरुषसंग पोइल जाने आफ्नी किशोरी छोरीको पिताद्वारा सामाजिक प्रतिष्ठाको नाममा भएको हत्यालाई लिएर इरानमा ठूलै तनाव सिर्जना भएको छ ।पुरुष प्रधान समाज रहेको इरानको यस संस्थागत हिंसाको स्थानिय संचार माध्यमले निकै विरोध जनाएको छ । इरानी अखवार इव्तेकारले पहिलो पृष्ठमा नै ‘ असुरक्षित पिताको घर ’ शिर्षकमा खवर छापेको छ ।
स्थानिय संचार माध्यमका अनुसार गत २१ मेमा उत्तरी गिलान प्रान्तको तालेश शहर स्थित आफ्नै घरमा सुतिरहेकी रोमिना आसराफीको उनकै पिताले टाउको काटेर हत्या गरेका थिए । नेपाल समाचारपत्रमा खबर छ । आफुभन्दा १५ वर्षले जेठो व्यक्तिसंग पिताले विवाह गर्न अनुमति नदिएपछि रोमिनाले भगेर विवाह गरेकी थिइन् । तर उनका पिताले यसबारे प्रहरीलाई उजुरी गरेपछि उनी अन्तत घर फर्केकी थिइन् । इरानमा महिलाहरुको वैधानिक रुपमा विवाह गर्नका लागि १३ वर्ष पुगेको हुनुपर्छ । छोरी मार्ने पितालाई तीनदेखि दश वर्ष सम्म कैद संजाय हुनसक्छ ।