सप्तरीमा झडप, १५ जना भन्दा बढी घाइते

काठमाडौँ, जेठ २१ । आज सप्तरीमा झडप हुँदा १५ जना भन्दा बढी घाइते भएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका दुई पक्षबीच
जग्गा सम्बन्धी विवादमा झडप हुँदा प्रहरीले पटक पटक हवाई फायर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० तथा प्रवक्ता तिलक भारतीका अनुसार दुवै पक्षले एक अर्कामाथि घरेलु हतियार, खुर्पा, कोदालो, लठ्ठी, गैचीलगायतले आक्रमण गरेका थिए ।

स्थिति नियन्त्रणमा आइसकेको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर एक सयभन्दा बढी परिचालन गरिएको छ । स्थितीलाई नियन्त्रणमा लिनका लागी ८ पटक हवाई फायर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close