बेइजिङका सयौं उडान र रेलसेवा रद्द

बेइजिङ, असार ३ । चीनको केन्द्रीय राजधानी बेइजिङमा कोरोनाभाइरसविरुद्धको लडाइँलाई फेरि सशक्त बनाउन लागिएको छ ।पछिल्लो समयमा अनपेक्षितरुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो ।

उच्च सतर्कता अपनाउनेक्रममा बेइजिङमा रहेका दुईओटा विमानस्थलबाट हुने सयौं आन्तरिक उडान रद्द गरिएको छ ।अधिकारीहरुले दिएको जानकारीअनुसार करिब एक हजार २५५ ओटा आन्तरिक उडान रद्द भएका हुन् ।

बेइजिङमा अहिलेसम्म ९० हजारजनाको कोरोना परीक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् ।बेइजिङबाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघिदेखि नै बन्द हुँदै आएको थियो । त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

त्यसैगरी, राष्ट्रिय रेलमार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ । टिकट काटिसकेको छ भनेपनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाइ छ ।बुधबारदेखि माध्यमिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई अनलाइन अध्ययन–अध्यापनमा जोड दिन लगाइएको छ । कलेजका शंकास्पद विद्यार्थीहरुलाई भने कलेजमै फिर्ता गरिएको छ ।बेइजिङका सार्वजनिकस्थलहरुमा आवत–जावत गर्न पनि कडाइ गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close