छाङगरुमा चीनको सीमासम्म सशस्त्रको गस्ती

काठमाडौं, असार ९-दार्चुलाको व्यास गाउँपालिका-१ छाङगरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल-चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ।गत वैशाख ३१ गतेदेखि व्यासको छाङगरुमा खटिएको सशस्त्र प्रहरी एक महिनापछि नेपाल-चीन सीमा स्तम्भमा पुगेको हो।

छाङगरुमा सशस्त्र प्रहरीको २५ जनाको टोली परिचालित छ। सशस्त्र टोलीले पहिलो पटक सीमा पिलरसम्म गस्ती बढाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर दार्चुलाका प्रहरी नायब उपरीक्षक दीपक विष्टले जानकारी दिए।सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको टोलीले १ नम्बर पिलरसम्म गस्ती गरेको हो।

यही असार ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले समेत व्यासको छाङगरुमा बीओपीको निरीक्षण भ्रमण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close