जब प्रहरीले चितुवालाई नाम्लोले बाँधेर सडकमा डुलायो

काठमाडौँ । पर्वतका अस्थायी ट्राफिक प्रहरी पोस्ट मिलन चोकका प्रहरी जवान अनिल कार्कीले चितुवालाई नाम्लोले बाँधेर हिँडेको दृश्य यतिबेला समाजिक संजालमा भाइरल बनिरहेको छ । सोमबार अपरान्ह साढे ४ बजेतिर पर्वतको जलजला गाउँपालिका–७ मिलन चोक नजिकैको कालीगण्डकीको बगरमा उक्त् चितुवा भेटिएपछि प्रहरी र डिभिजन वन कार्यालय पर्वतले उद्धार गरेको दृश्य अहिले भाइरल बनिरहेको छ ।

स्थानीय अमृत आचार्यले घाँस काट्न जाने क्रममा चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । दृश्यमा खसीबोका वा घरपालुवा कुकुरलाई डुलाएजस्तो दाम्लोमा बाँधिएको चितुवा लुरुलुरु हिँडिरहेको छ । प्रहरीका अनुसार चितुवा बुढो भएका करण राम्ररी खान नपाएका कारण बिरामी जस्तो देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
//graizoah.com/afu.php?zoneid=3451313
>
Close