
काठमाडौं, असार १४ – रूपन्देहीको बुटवलबाट उत्तरपश्चिम उडेका सलह पाल्पामा देखिएका छन्। रूपन्देही जिल्लाको बुटवल हुँदै पाल्पाका दोभान, सराई र पोखराथोक क्षेत्रमा देखिएका हुन्।
कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले पाल्पामा सलह देखिएकाले अन्नबाली जोगाउन भाँडा बजाउन र आगो बालेर धुवाँ बनाउन अनुरोध गरे।
जिल्लाका आर्यभञ्ज्याङ, राम्दी क्षेत्रलगायतका किसान सलहबाट उत्पादित खेती नष्ट हुने भएपछि चिन्तित बनेका छन्।
तानसेन नगरपालिका तथा बगनासकाली र रिब्दीकोट गाउँपालिकाले सामाजिक सञ्जालमार्फत किसानलाई स्थानीय स्रोत÷साधनको प्रयोग गरी सलह भगाउन अनुरोध गरेका छन्।