
काठमाडौं । एकाबिहानै गण्डकी प्रदेशमा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद बिन्दु शर्माका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकीका ४ जिल्लामा थप १७ जनाका भाइरस पुष्टि भएको हो ।
जसमध्ये थपिएका संक्रमितहरुमा स्याङजाका १, तनहुँका ५, तमजुङका ३ र कास्कीका ८ रहेको डाक्र शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म गण्डकीमा संक्रमितको संख्या ९६६ पुगेको छ भने निको हुनेको संख्या २१४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले बताए ।