नेपालले पनि कोरोना संक्रमितलाई औषधि परीक्षण गर्ने

काठमाडौं असार १६ – कोरोना संक्रमणको औषधि पहिचान र उपचार पद्धतिलाई सहज बनाउन विश्वले नै विभिन्न औषधिको परीक्षण गर्दै आइरहेका बेला नेपालले पनि कोरोना संक्रमितलाई विभिन्न प्रकारको औषधि परीक्षण गर्ने भएको छ ।

विश्व स्वास्थ्य संगठन तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा सरकारले तोकेका कोरोना अस्पतालमा कोरोना संक्रमण भई उपचार गराइरहेका बिरामीमा औषधि परीक्षण गर्ने तयारीमा नेपाल जुटेको छ ।

नेपालले परीक्षण गर्न लागेका औषधिहरु अन्य रोग लागेका बेला प्रयोगमा आइरहेका र कोरोना संक्रमणलाई न्यूनीकरणमा के कतिको प्रभावकारी हुन्छ भन्नेबारेमा अध्ययन अनुसन्धानकै लागि उद्देश्यले प्रयोग गर्न लागिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख डा। मेघनाथ धिमालले बताएको खबर आजको नेपाल समाचापत्रले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close