पाँचथरमा भेटिएकी कोरोना सङ्क्रमित युवती निको भइन्

काठमाडौ, असार १६- कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई कोशी अस्पताल विराटनगरमा उपचाररत यहाँकी एक युवती निको भई सोमबारफर्केकी छन् । स्वाब परीक्षणमा यही असार ३ गते कोभिड–१९ पुष्टि भएपछि उपचारका लागि विराटनगर पठाइएकी युवतीमा पछिल्लो परीक्षणमा कोरोना नेगेटिभ देखिएको हो । उनी पाँचथर आउँदै गरेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए ।

गत जेठ २८ गते कुवेतबाट नेपाल आएकी उनी भक्तपुरस्थित होल्डिङ सेन्टर हुँदै फिदिम आएकी थिइन् । जेठ ३२ गते फिदिम आइपुगेकी उनको भोलिपल्ट स्वाब परीक्षण गरी परीक्षणका लागि पठाइएकामा असार ३ गते कोरोनाभाइरस पोजेटिभ देखिएको थियो ।

उनीसँगै कुवेतबाट आएका दुई युवतीमा भने कोरोनाभाइरस देखिएको थिएन । वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी याङ्वरक गाउँपालिका स्थायी ठेगाना भएकी ती युवतीसहित अन्यलाई सरकारले उद्धार गरी ल्याएको थियो ।

पाँचथरमा हालसम्म जिल्लाभित्र उनी मात्रै सङ्क्रमित भेटिएकी थिइन् । पाँचथर घर भई झापामा क्वारेन्टाइनमा रहेका दुई तथा ललितपुरमा एक जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close