
कोरोना भाईरस (कोभिड-१९) को कारण आज नेपाल मात्र होईन संसान नै ठप्प बनेको छ । मानव जातिको जीवन नै धरापमा पार्ने यस भाईरसको नियन्त्रणको उपाय लकडाउन बाहेक अरु देखिएन । लकडाउनले गर्दा उद्योगभन्दा, कलकारखाना सबै ठप्प छ । लाखौं मानिस बेरोजगार बन्न पुगेका छन् ।
नेपालमा पनि लकडाउन भएको ३ महिना बढि भईसक्यो । पसल, नीजि सवारी साधन चले पनि सामान्य अवस्थामा फर्किन निकै कठिन भएको देखिन्छ । सधैं व्यस्त रहने चलचित्र, कलाकारिता क्षेत्र ३ महिनायता पूरै ठप्प छ । अन्य क्षेत्रजस्तै यस क्षेत्र पनि निकै मारमा परेको छ । कलाकारिता क्षेत्रका प्रमुख कलाकारहरु सामान्य ६ महिना अथवा एकबर्ष धान्न सक्ने अवस्था देखिएतापनि विशेष गरि नायक नायिकाका पछाडि नृत्य गर्ने ( व्याक डान्सर) कलाकारहरुको अवस्था भने निकै दयनीय देखिन्छ ।
३ महिनाको लकडाउनले उनीहरुलाई सामान्य दैनिकी चलाउन पनि निकै गाह्रो भएको छ । यस कुरालाई मध्यनजर गर्दै निर्देशक युगल पोमो र समाजसेवि राजेश फाबेन लिम्बूकोे संयुक्त आयोजनामा नगद रु. १ लाख बराबरको राहत सामाग्री सहयोग गरेका छन् ।
निर्देशक पोमोले नेपाली म्युजिक क्षेत्रमा दुई सय भन्दा बढि म्युजिक भिडियो र केहि चलचित्र र दर्जनभन्दा बढि लघु चलचित्र निर्देशन गरेका छन् । नेपाली सिने जगतमा झन्डै दुई दशक बिताएका निर्देशक पोमो हाल भने हङकङलाई कर्मथलो बनाएका छन् । प्रवासमै बसेता पनि यस क्षेत्र भने छाडेका छैनन् । बेलाबेलामा उनले निर्देशन गरेका म्युजिक भिडियोहरु सार्वजनिक भईरहेको देख्न पाईन्छ । फेरि पनि चाडै नै नेपाल फर्केर यस क्षेत्रमा पुन तीव्रताका साथ निरन्तर लाग्ने पनि हिमाल इन्युज डटकमलाई बताए ।
त्यसैगरी समाजसेवि राजेश फाबेन लिम्बूले नगद रु ५० हजार सहयोग गरेका छन् । नेपालमा रहँदा व्यवसायमा आबद्ध उनी हाल भने विगत १० बर्षयता हङकङमै कार्यरत छन् । समाजसेवि लिम्बू आफूले आर्जन गरेको धन मानव जातिलाई बचाउनु पर्छ, र विशेषगरी यस्तै आपत विपतका बेला सहयोग गर्नुपर्छ भन्ने उदेश्य बाट प्रेरित छन् ।
आफू पनि बाँचौ र अरुलाईपनि बचाऔँ भन्ने सोचका साथ आयोजना गरिएको उक्त कार्यक्रममा नृत्य, निर्देशक कमल राई, नृत्य, निर्देशक गोबिन्द राई र नृत्य, निर्देशक दिनेश माङ्मु लिम्बू लगाएतका वरिष्ठ व्यतित्वहकोे उपस्थिति रहेको थियो ।
कलाकारहरुको दैनिकी केहि दिन भए पनि सहज बनाउन र उनीहरुको मनोबल बढाउन, ७० बोरा चामल, ७० केजी नुन, ७० केजि दाल, ७० लिटर तेल सहयोग स्वरुप हस्तान्तरण गरिएको छ ।
सहयोग हस्क्षान्तरण कार्यक्रमलाई सफल बनाउन नेपाल चलचित्र नृत्य संघले आयोजना गरेको थियो भने यस कार्यक्रमको सम्पूर्ण म्यानेजमेन्ट कलाकार तथा मोडल ह्यारी योञ्जनले गरेका थिए ।