आज फेरी थपिए ३ सय १६ जना संक्रमित, संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुग्यो

काठमाडौ, असार १६ । नेपालमा थप ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि हो ।

योसंगै कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । भने नेपालमा कोभिड १९ बाट निको हुनेको ३ हजार १ सय ९४ संख्या पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close