
काठमाडौ, असार १६ । आज काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमणको पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना संक्रमित भेटिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
त्यस्तै देशभर मंगलबार थप ३१६ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
आज थपिएका ३ सय १६ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । त्यस्तै आज ६० जना निको भएर घर फर्किएका छन् ।
प्रवक्ता गौतमका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३४१ र आरडीटी विधिबाट २ लाख ९७ हजार ८७१ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ५३ हजार ७० र आइसोलेसनमा १० हजार ३४१ जना रहेका छन् ।