कोरोना रोकथामका लागी बर्दियाको जनता माबिका पूर्व विद्यार्थीले गरे ७५ हजारको स्वास्थ्य सामाग्री सहयोग

कोरोना भाईरस रोकथामका लागी बर्दियाको जनता माध्यामिक बिद्यालय गोलाका पूर्व विद्यार्थीले रु,७५००० को स्वास्थ्य सामाग्री हस्तानतरण गरेका छन । कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागी भन्दै जनता मा.बि गेरुवा-४ गोला मा एसएलसीका ६४ औँ ब्याचका विद्यार्थीहरुले स्वास्थ्य सामाग्री हस्तानतरण गरेका हुन । गेरुवा -४ को वडा कार्यलयमा भएको कार्यक्रममा जनता मा.बि गोलाका प्रध्यानाध्याप सुन्दर चौधरी र पुर्ब प्रध्यानाध्यापक दिल बहादुर जि सी ले पूर्व विद्यार्थीहरुले पठाएका स्वास्थ्य सामाग्री वडा अधक्क्ष बल बहादुर चलाउने लाई हस्तानतरण गरेका थिए ।

उक्त सामाग्री वडा अधक्क्ष बहादुर चलाउनेले पुन स्वास्थ्य शाखालाई हस्तान्तरण गर्नु भयो। जनता मा. वि. गोला बर्दिया जिल्लामा अवस्थित पुराना बिध्यालय मध्य एक हो।जस संग गोलाबासीको अत्यन्त मिठो सम्बन्ध र सम्झना अटुट छ । नदिका कारणले बिषम बनाइ दिएको त्याहाको भौगोलिक कठिनाइका बावजुद बिध्यालयलाई हालको अवस्था सम्म ल्याइ पुर्याउने सम्पुर्ण शिक्षक अविभावक र सामाजिक अगुवाहरुको ठुलो भूमिका रहेको छ

जनता माध्यामिक विध्यालयले धेरै त्यस्ता विध्यार्थीहरु उत्पादन गरिसकेको छ ,जस्ले आफ्नो परिवार र सम्पुर्ण जनता मा. वि परिवार को कदलाइ ठाडो बनाइ राख्न सफल भएको पुर्ब प्रध्यानाध्यापक दिल बहादुर जि सी भनाई छ

गायिका बर्दियाकी चेली अनिता चलाउने र बिमल बुढा छेत्रीको को नेतृत्वमा -अनिता चलाउने ,बिमल बुढा छेत्री ,सुरेश न्यौपाने ,हेमन्त कडायत , हिक्मत माझी ,कमला ढकाल ,प्रीती रस्तोगी ,बिबेक कडायत ,जयन्द्र अधिकारी , चेतना आचार्य दीपेन्द्र दानी ,सोम चौधरीको प्रायसमा उक्त सामाग्री हस्तानतरण गरिएको हो

गेरुवा गाँउपालिका वडा न.४ अन्तर्गतका क्वारेन्टाईन र अाईसोलेसन केन्द्रका लागि बिद्यार्थीहरुद्वारा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि करिब रु.७५००० को स्वास्थ्य सामाग्रीहरुमा -माक्स १६०० पिस , स्यानिटाइज र ४० लिटर सर्जिकल पन्जा १ बक्स , डिटोल साबुन १ काटुन् पी.पि सेट ५ सेट बितरण गरिएको थियो ।

बिश्व नै कोरोना भाइरससँग लडीरहेको बेला केहि मनकारी विद्यार्थीहरुको सकारात्मक कार्यले अन्य नागरिकलाई पनि देशका निम्ती केहि गर्नु पर्छ भन्ने प्रेरणा मिल्न सक्छ भन्ने गायिका अनिता चलाउनेका बुवा ब्यबसाही बजिर सिङ चलाउनेको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close