ब्राजिलमा चार अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना

रियो दी जेनेरियो, असार १७ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चारजना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि संक्रमित भएका छन् ।
संक्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिएपनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा अलग राखिएको छ ।
ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मंगलबार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी संक्रमित भएको र उनीहरुको अहिले उपचार भइरहेको पुष्टि गरेको छ । ‘उनीहरुको फेरि परीक्षण गरिनेछ’–वक्तव्यमा उल्लेख छ ।

ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ‘ए’ लिग सुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो ।पूर्वनिर्धारित तालिकाभन्दा तीन महिना पछाडि सारेर सो च्याम्पियनसिप सुरु गर्ने तयारी गरिएको हो ।ब्राजिलमा १४ लाखको हाराहारीमा कोरोनाभाइरस संक्रमित पुगिसकेका छन् भने झन्डै ६० हजारको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close