
काठमाडौ, असार १७ । नेपालमा थप ४ सय ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।। भने निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ ।