
काठमाडौं-काठमाडौं उपत्यकामा मात्रै आज २८ संक्रमित थपिएका छन् । यो सँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ ।नेपालका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा २०४ कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । आज मात्रै ६८८ जनाले कोरोना जितेर घर फर्केका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ४९९ पुगेको छ ।मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।