कोरोना महामारी सरस्वती आधारभूत विद्यालयका लागि बन्यो ठूलो अवसर

सुरेन्द्र तामाङ । मोरङको कानेपाखरी गाँउपालिका ०६ मूलगाँउ स्थित सरस्वती आधारभूत विद्यालय नमूना विद्यालय बन्ने भएको छ । पूर्व विद्यार्थिहरुको पहलमा विद्यालयको भौतिक, आर्थिक, शैक्षिक, प्राविधिक पक्षमा सुधार ल्याई यस विद्यालयलाई नमूना विद्यालय बनाउने कार्य सुरु भएको हो ।

बोर्डिङ स्कुल खुलेसँगै यस विद्यालयमा बार्षिक रुपमै विद्यार्थीको उपस्थिती ज्यादै न्युन हुन थालेपछि यस विद्यालय ठप्प हुने अवस्थामा पुगेको थियो । लकडाउनको समयमा घरमै रहन पुगेका पूर्व विद्यार्थीहरु संगठित भई आफू पढेको विद्यालय बचाउनुपर्छ, यो स्कूल नै हाम्रो गौरव हो भन्ने अभियानका साथ एकजुट बने ।

उनीहरुले सामाजिक सञ्जाल फेसबुक, मेसेन्जरमा ग्रुप च्याट तय गरि देश तथा विदेशमा रहेका भूतपूर्व विद्यार्थीहरु तथा देशलाई माया गर्ने मनकारी नेपालीहरु मार्फत आर्थिक तथा विद्यालयलाई आवश्यकीय भौतिक सामग्री संकलन कार्य जारी गरे । पूर्व विद्यार्थीहरुको अध्यक्ष खगेन्द्र बराईली रहेका छन् ।

 

 

विद्यालय सुधारका लागि शिक्षक, शिक्षिका, ब्यवबस्थापन समितिका अध्यक्ष, पूर्व विद्यार्थीहरु साथै स्थानियबासीहरु अहोरात्र खटिरहेका छन् । निजी विद्यालयमा मंहगो शूल्क तिरेर वाक्कदिक्क भईसकेका अभिभावकहरु घर छेउमै सरकारी विद्यालयले निजी विद्यालयले भन्दा गुणस्तरिय शिक्षा अङ्ग्रेजी भाषामा प्रदान गर्ने भएपछि अभिभावक तथा यहाँका स्थानियबासीहरु निकै उत्साहित बनेका छन् । यस आधारभूत विद्यालयमा नर्सरी देखि कक्षा पाँच सम्म अध्यापन गराईन्छ ।

पूर्व विद्यार्थीहरुको पहलमा नै निजी स्रोत मार्फत २ जना शिक्षिकाहरु यस विद्यालयमा थप गरिसकेका छन् । पूर्व विद्यार्थीहरु भन्छन् : “आवश्वक परे अन्य शिक्षक, शिक्षिकाहरु पनि थप गर्न तयार छौ, विद्यार्थीहरुको लागि कुनै कमि कमजोरी राख्ने छैनौ । किनभने यो देशको भविष्य उनीहरुको हातमा छ ।”

शिक्षक शिक्षिकाहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । उनीहरु विद्यार्थीहरुको घरमै पुगेर अभिभावकलाई पठनपाठन सम्बन्धी आवश्यक सल्लाह, सुझाव दिई विद्यार्थीहरुलाई गृहकार्य गराउने कार्य समेत गरिरहेका छन् ।

 

विद्यालयले २ महिनामा नै फेर्यो मुहार ।

जिर्ण अवस्थामा रहेको यस सरस्वती आधारभूत विद्यालयले छोटो समयमानै मुहार फेर्न सफल भएको  छ । विद्यालय भवन भित्र जस्ता पाता परिवर्तन, वृक्षरोपण, विभिन्न जातिका फुलहरु रोप्नुका साथै पानी ट्याङ्कि सहितको शौचालय, खानेपानी धारा, बिजुली बत्ती जडान, प्रत्येक कोठामा २ थान पंखा, खेलमैदान, रंगरोकन, भित्तेलेखन, खेलकुद सामग्री, प्रयोगशालाको व्यवस्था कार्य गरिसकेको छन् । साथै विद्यालयमा कम्प्युटर, इन्टरनेट र प्रोजेक्टरको समेतको समेत व्यबस्था गरिएको छ । विद्यार्थीहरुलाई कक्षा सञ्जालन भएपछि आवश्यकता अनुसार प्रोजेक्टर मार्फत अध्यापन गराईनेछ । यसअघि कक्षाकोठा भित्र झरिको समयमा पानी चुहिने गर्दथ्यो ।

    

विद्यालयलाई आगामी दिनमा कसरी अगाडी बढाउने ? शैक्षिक गुणस्तर कसरी वृद्धी गर्ने ? विद्यार्थीहरुलाई सबै क्षेत्रमा कसरी अब्बल बनाउने ? भन्ने विषयमा शिक्षक शिक्षिका, ब्यबस्थापन समितिका अध्यक्ष, पूर्व विद्यार्थीहरु बीच छलफल भईरहेको छ ।

मोरङ कानेपोखरी गाँउपालिका ०६ मूलगाँउ स्थित सरस्वती आधारभूत विद्यालयका भूतपूर्व विद्यार्थीहरुले उदाहरणीय काम गरेका छन् । आपसमा जुटे सम्भव हुन्छ भन्ने यो एउटा गतिलो उदाहरण हो । सार्वजनिक विद्यालय अहिले ठप्प हुने स्थितीमा पुगेका छन् । विद्यालय बचाउन तथा विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी पक्षको ध्यान केन्द्रित हुन जरुर छ । यस सरस्वती आधारभूत विद्यालय वि.स. २०४४ सालमा स्थापना भएको हो । चन्द्र मगर यस विद्यालयको हालको प्रधानाध्यापक हुन् ।

यस आधारभूत विद्यालय लाई नमूना विद्यालय बनाउनका लागि भविष्यमा कुनै समस्या देखा नपरोस भनेर पूर्व विद्यार्थीहरुका समूहले अक्षयकोष निर्माण गरेका छन् । अध्यक्ष खगेन्द्र बराईलीले अक्षयकोषमा १० लाख रकम जम्मा गर्ने योजना रहेको बताए । उनका अनुसार सो रकम अक्षयकोषमा जम्मा हुन सके विद्यालय सहज रुपमा सञ्चालन हुने थियो । यदि कोही व्यक्ती सहयोग गर्न इच्छुक हुनुहुन्छ भने कृपया सम्पर्क :

              अध्यक्ष : खगेन्द्र बराईली ९८४२४६३७०३


विद्यालय निर्माणका क्रममा खिचिएका थप तस्बिरहरु पनि हेर्नुहोस् ।

    

श्री सरस्वती आधारभूत विद्यालयको फेसबुक पेज मार्फत जानकारी लिनको लागि कृपया तल Click गर्नुहोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close