कलाकार धु्रब र उनकी श्रीमती प्रेरणा शंकरमा पनि कोरोना संक्रमण पुष्टी, लेखे यस्तो स्टाटस

एजेन्सी । भारतीय कलाकार धु्रब र उनको श्रीमती प्रेरणा शंकरमा पनि कोरोना संक्रमण भएको छ । आफू र श्रीमतीलाई कोरोना संक्रमण भएको जानकारी धुर्वले ट्वीट गर्दै आफूसँग सम्पर्कमा आएका सबैजनालाई कोरोना परिक्षण गराउन अनुरोध सहितको जानकारी दिएका छन् । उनले ट्वीटमा लेखेका छन् –‘ म र मेरो श्रीमतीमा कोरोना पोजेटिभ देखिएको छ ।

हामी अस्पतालमा भर्ना भएका छौँ । मलाई विश्ववास छ हामी छिट्टै निको भएर फर्कने छौँ । तपाईहरुको पनि परिक्षण गराएर सुरक्षित रहनुस् । यसअघि बलिउडमा अमिताभ वच्चन र उनको परिवारमा स.क्रमण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close