प्रचण्ड र नेपाललाई ओलीको जवाफ-‘प्रधानमन्त्रीको कुरै नगर्नुस्, म विकल्पको ‘वि’ पनि सुन्‍न चाहन्‍न’

काठमाडौँ, साउन २ । पार्टीभित्रको विवाद सुल्झाउने र शुक्रबार स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउने प्रयासमा बिहीबार नेकपा तीन शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई घन्टा बढी छलफलमा दाहाल र नेपालले प्रधानमन्त्रीबाट राजीनमा दिन ओलीलाई आग्रह गरे ।यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

नेता नेपाल निकट एक नेताका अनुसार सुरुमा दाहालले ओलीलाई प्रधानमन्त्री छाड्न प्रस्ताव गरेका थिए । ‘प्रधानमन्त्रीको विकल्पको चर्चा नगर्नुस् । छिटै महाधिवेशन गरेर पार्टी अध्यक्षसम्मको चर्चा गर्नुस् । यो ५ वर्ष प्रधानमन्त्रीको कुरै नगर्नुस् । म विकल्पको ‘वि’ पनि सुन्‍न चाहन्‍न,’ ओलीले दाहाललाई जवाफ दिई हाले । त्यसपछि नेता नेपालले ओलीलाई भनेका थिए, ‘तपाईंले छोड्दिन पर्छ । तपाईंकै कारण पार्टी पनि बिग्रियो, सरकार पनि बिग्रियो । तपाईं कसैका कुरा नसुन्ने । यसरी हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close