कसरी रह्यो कैटरिनाको नाम ?

मुम्बई – बलिउडकी सुन्दर अभिनेत्री कैटरिना कैफले १६ जुलाईमा आफ्नो ३७औं जन्मदिन मनाएकी छन्। कैटरिना फिल्म उद्योगमा आएको १७ वर्ष भयो। यस क्रममा उनले शाहरुख, सलमान र आमिर खानसहित लगभग सबै स्टारसँग काम गरेकी छन्।

२६ जुलाई १९८३ मा हङकङमा जन्मेकी कैटरिनाको खास नाम कैटरिना टरकाँटा हो। कैटरिनाको नाम बदल्नुका पछाडि फिल्म ‘बुम’की प्रोड्युसर आएसा श्राफको हात छ। कैटरिना टरकाँटालाई भारतीयले सहज रूपमा उच्चारण गर्न अप्ठ्यारो हुने भएकाले आएसाले कैफ बनाएकी हुन्। यसअघि कैफको ठाउँमा कैटरिना काजी राख्ने प्रस्ताव गरिएको थियो। पछि कैफ राख्न सहमति भएको होे।

कैटरिनाले १४ वर्षको उमेरमा मोडलिङबाट करिअर सुरु गरेकी थिइन्। कैटरिना मोडलिङ गर्न मुम्बई आएकी थिइन्। यो क्रममा उनको भेट कैजाद गुस्तादसँग भयो। उनले कैटरिनालाई फिल्ममा काम गर्ने अफर गरे। उनले फिल्म ‘बुम’बाट फिल्म उद्योगमा पाइला राखिन्। अमिताभ बच्चनलगायतका कलाकारले अभिनय गरेको भए पनि यो फिल्म बक्स अफिसमा असफल भयो। यसपछि कैटरिनाले फिल्म त पाइनन् तर टीभी एड र मोडलिङका धेरै प्रोजेक्ट पाइन्। पछि फिल्म सरकार, मैने प्यार क्यों किया र हमको दिवाना कर गएबाट कैटरिनाले बलिउडमा राम्रो परिचय बनाइन्।अन्न्पुर्ण पोष्टमा खबर छ ।  फिल्मी करिअरबाहेक उनी अफेयर्सका कारण पनि चर्चामा रहिन्।

कैटरिनाको सफलताको पछाडि सलमानको हात छ। दुवै फिल्म ‘मैने प्यार क्यों किया’पछि डेट पनि गए। सन् २००९ मा उनीहरूको ब्रेकअप भयो। त्यति बेला कैटरिना रणवीर कपुरसँग ‘अजब प्रेम की गजब कहानी’ गर्दै थिइन्। कैटरिना सलमानसँग अलग भएपछि रणवीर कपुरसँग डेट जान लागेकी थिइन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close