काठमाडौं-दिल्ली मनमुटाव : सीमाका जनताबीच यसरी बढ्दैछ जोखिमपूर्ण तनाव

काठमाडौं, साउन ५ । नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध चिसो हुँदै जाँदा सीमाका बासिन्दाबीच जोखिमपूर्ण तनाव बढेको छ।  लकडाउन उल्लंघन गरेर सीमा वारिपारि गर्ने मात्र होइन, सीमास्तम्भ उखेलेर फाल्नेसम्मका घटना भएका छन् ।

राजनीतिक तथा कूटनीतिकस्तरमा समस्या समाधान गर्न ढिलाइ भए सीमाको जनजीवन थप उत्तेजित हुने स्थिति बनेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

यी हुन् सीमा क्षेत्रमा भएका तनावका प्रतिनिधिमूलक घटना( झापाको फत्तेपुरमा शनिबार मध्यराति सशस्त्र प्रहरीमाथि भारतीय नागरिकको आक्रमण, सशस्त्र प्रहरीले ग¥यो हवाईफायर

– चितवनको ठोरीमा भारतीयले सीमास्तम्भ उखेलेपछि तनाव, स्तम्भ पुनस्र्थापना( सिराहामा तीन महिनामा दुईपटक झडप, बिओपीका इन्स्पेक्टर घाइते

-कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणमा भारतीय अवरोध, स्थानीय नेपालीको प्रतिरोधपछि निर्माण सुरु( सुनसरीमा लगातार दुई दिन झडप, नेपाल प्रहरी र आपराधिक समूहबीच गोली हानाहान( सर्लाहीमा सशस्त्र प्रहरीमाथि भारतीयको सामूहिक आक्रमण, प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिकको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close