
काठमाडौं। नेपालमा आज थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १ सय ७३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले थप १ सय ७३ जना कोरोनाका बिरामी निको भएर घर फर्किएको जानकारी दिए । योसँगै हालसम्म नेपालमा ११ हजार ८ सय ६६ जना रहेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।