इटालियन ‘सिरी ए’को उपाधि युभेन्टसले जित्यो

काठमाडौं-गएराति भएको खेलमा  इटालियन ‘सिरी ए’ को उपाधि युभेन्टसले जितेको छ । साम्पडोरियालाई दुई एक गोलले हराउँदै युभेन्टसले लिगको उपाधि जित्न सफल भएको हो ।क्रिस्टियानो रोनाल्डो र फेर्डिको बेरनरडेस्चीले एक एक गोल गरे पछि जित हात पारेका हुन् । मिरालेम पजानिकको पासमा खेलको पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्न सफल भएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्टसका लागि फेर्डिकोले ६७ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।   खेलको अन्तिम समयमा युभेन्टसले पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्न सकेनन् ।

उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यसपछि साम्पडोरीया खेलमा फर्कन सकेन र पराजित भयो । युभेन्टस । ‘सिरी ए’ मा लगातार नौ सिजनसम्म उपाधि जित्ने पहिलो टिम बन्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
//graizoah.com/afu.php?zoneid=3451313
>
Close