अफगानिस्तानमा कोरोना संक्रमतिको संख्या ३६ हजार नाघ्यो,२५ हजार भन्दा बढि निको भए

काबुल-अफगानिस्तानमा सोमबार थप १०६ मा कोभिड १९ को सङ्क्रमण देखिएपछि कुल सङ्क्रमिको संख्या ३६ हजार २६३ पुगेका यहाँँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा ४७१ व्यक्ति कोरोना भाइरस परिक्षण गरिएको यसमा १०६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको सो मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा गत फेब्रुअरी महिनाबाट कोरोना भाइरसको प्रकोप देखिएको र सो समयबाट हालसम्म यस सङ्क्रमणबाट १ हजार २६९ व्यक्तिको मृत्यु भइसकेको छ । सङ्क्रमित व्यक्ति मध्ये २५ हजार १९८ जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
//graizoah.com/afu.php?zoneid=3451313
>
Close