सीपीएल खेल्न बिहिबार वेष्ट इन्डिज उड्दै सन्दीप

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले अन्तत क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्ने पक्का भएको छ ।

कोरोना भाइरसको माहामारीको कारण ठप्प बनेको हवाई उडानको कारण सन्दीपले प्रतियोगिता गुमाउने प्रबल सम्भावना रहेका बेला उनी त्यसतर्फ बिहिबार बिहान १० बजेको कोरियन एयरको फ्लाइटबाट अमेरिका हुँदै वेष्ट इन्डिज जाने टुंगो लागेको छ ।

सन्दीप लामिछानेका व्यवस्थापक रमन सिवाकोटीका अनुसार प्रतियोगितामा सहभागिता जनाउन सन्दीप बिहीबार ट्रिनिडाड एन्ड टोबेगो प्रस्थान गर्दैछन् ।

यस वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ। ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ। सन्दीप आबद्ध जमैकाको पहिलो खेल अगष्ट १९ मा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
//graizoah.com/afu.php?zoneid=3451313
>
Close