प्रेमी सुशान्तको मृत्युपछि उनका बाबु केकेले दिए रिया चक्रवर्तीलाई दु:ख, रिया पुगीन् सर्वोच्च

एजेन्सी । लोकप्रिय अलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणको डेढ महिनापछि उनका बुबा केके सिंहले रिया चक्रवर्ती विरुद्ध
उजुरी दिएपछि रिया सर्वोच्च अदालत पुगेकी छिन् ।

रियाले सर्वोच्च अदालतलाई सुशान्त सिंहको मृत्युबारे अनुसन्धान मुम्बई प्रहरीले गरिरहेको र उनको आफ्नो बयान पनि प्रहरीलाई दिइसकेको जानकारी दिँदै सुशान्तका बुबाले लगाएका सबै आरोपहरु झुटो भएको भन्दै आँफु सुशान्तकी प्रेमीका भएको बताएकी छिन् ।

रियाले आफूलाई सुशान्तकी प्रेमिका बताउँथिन् तर सुशान्तका पिताले उनको छोराको मृत्यु रियाकै कारण भएको दाबी गरेपछि रिया अड्डा अदालत धाउन बाध्य छिन् । सुशान्तका पिताले २५ जुलाईमा पटनाको राजिव नगर थानामा रियाविरुद्ध एफआइआर दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
//graizoah.com/afu.php?zoneid=3451313
>
Close