मराठी फिल्मका ३२ वर्षका चर्चित अभिनेता आशुतोषले गरे आत्महत्या, पत्नि डुबिन् शोकमा

एजेन्सी । मराठी फिल्मका ३२ वर्षका चर्चित अभिनेता आशुतोषले आत्महत्या गरेका छन् । एक महिना अघि मात्रै नान्देड आएका उनले अचानक घरमै पासो लगाएर प्राण त्यागेको बताइएको छ ।

२०१६ मा मयुरीसँग विवाह गरेका आशुतोषले के कारणले आत्महत्या गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनकी पत्नि पनि नायिका हुन् ।

यी दुवैको अभिनय दर्शकले निकै रुचाएका छन् । चर्चाकैबिच उनले यस्तो अप्रिय कदम चालेपछि मराठी फिल्मका कलाकारले दुख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
//graizoah.com/afu.php?zoneid=3451313
>
Close