उद्योगमन्त्री लेखराज भट्टलाई कसले दियो ज्यान मार्ने धम्कि ?

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । बझाङको नम्बरबाट एक ब्यक्तिले फोन गर्दै
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई समर्थन गरेको भन्दै ज्यान मार्ने धम्की दिएको उनले बताएका छन् ।

आज संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भट्टले एमसीसी सम्झौतालाई समर्थन गरेकै कारण ज्यान मार्ने धम्की आएको दाबी गरे ।

बैठकमा बोल्दै उनले भने केही दिनअघि बझाङबाट १ जना व्यक्तिले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको उनले जानकारी गराए ।

‘मलाई बझाङबाट फोन गरेर १ जनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनु भएको छ’ उनले समितिलाई जनाकारी गराउदै भने ।

‘प्रतिउत्तरमा आफूले एमसीसी सम्झौता पढेको छ भनेर सोध्दा ‘पास नगर्ने भनेसी नगर्ने पढ्ने तेरो जिम्मा हो’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
//graizoah.com/afu.php?zoneid=3451313
>
Close