कोरोना नियन्त्रणका लागि प्रदेश २ मा थप सात करोड निकासा

काठमाडौं, साउन १६ । प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि थप सात करोड रुपैयाँ निकासा गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोभिड अस्पताल निर्माण गर्न र हाल सञ्चालनमा रहेका आइसोलेसनकक्षको थप व्यवस्थापन, बिरामीको खाना–खाजा र शैय्या सङ्ख्यामा वृद्धिलगायतका लागि बिहीबार थप सात करोड रुपैयाँ निकासा गरेको हो।

बाराको सिमरामा कोभिड अस्पताल निर्माण गर्न एक करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शव वाहन तथा एम्बुलेन्स खरिदका लागि एक करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाही जिल्लामा आइसोलेसनकक्षको व्यवस्थापनका लागि ७५्७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाका लागि ५०्५० लाख निकासा गरिएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

आवश्यकताको आधारमा जिल्लाबाट माग भएबमोजिम थप रकम व्यवस्थापन गरिने प्रदेश २ सरकारको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close