घाँटीमा खाना अड्किएपछि अस्पताल भर्ना भएका ताइवानका पूर्व राष्ट्रपति लीको निधन

ताइपेई, साउन १६ गते -ताइवानका पूर्व राष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन भएको छ । ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो ।गत फेब्रुअरीमा घाँटीमा खाना अड्किएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उहाँ लामो समयदेखि अशक्त रहनु भएको पारिवारिक स्रोतले जनाएको छ ।

ताइपेई भेटेरान्स जनरल हस्पिटलका उपाध्यक्ष ह्वाङ शिन–जाङले दिर्घरोगी पूर्वराष्ट्रपति लीका शरीरका भित्री अङ्गहरूले काम गर्न छाडेपछि मृत्यु भएको संवाददाताहरूलाई जानकारी दिनुभयो ।पूर्वराष्ट्रपति ली सन् १९८८ देखि २००० सम्म ताइवानको राष्ट्रपति हुनुहुन्थ्यो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close