
जुम्ला – बिहीबार सबै नागरिकलाई मास्क बिना बाहिर हिँडडुल नगर्न अनुरोध गरेपनि शुक्रबार मास्क प्रयोग नगर्ने २२ जनालाई कारवाही गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापाले भने, “केही बालबालिका थिए । उनीहरुलाई मास्कसहित सम्झाएर पठाएको छौँ भने अन्य व्यक्तिलाई रु १०० जरिवाना दिएर कारवाही गरेका छौँ ।”
मास्क प्रयोग नगर्ने जो सुकै व्यक्तिलाई कारवाही गरिनेछ । कारवाही गर्नुभन्दा पहिला माक्ससहित उपलब्ध गराएर सम्झाएका छौँ । सम्झाउँदा सम्झाउँदै पनि मास्क नलगाउने र सामाजिक दूरी कायम नगरी भीडभाड गर्नेलाई कारवाही गर्ने गरिएको उनले बताए ।