उच्च अदालतका न्यायाधीशमा पनि देखियो कोरोना

काठमाडौ साउन १७ । उच्च अदालत जनकपुरधामका एकजना न्यायाधीशमा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको छ। यससँगै प्रदेश २ मा दुईजना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पचास वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ।

यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब सङ्कलन गरी जाँच गरेकामा एक जनाको पोजिटिभ देखिएको हो। न्यायाधीशमा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि लकडाउनको अवधिमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ देखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एसोसिएशनसँग छलफल गरी यस्तो निर्णय गरिएको उच्च अदालतले जनाएको छ।

प्रदेश २ मा न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको यो दोस्रो केस हो। यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close