पर्साका कोरोना संक्रमितको शव ब्यबस्थापनका क्रममा झडप, ७ प्रहरी घाइते

वीरगञ्ज । पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनका क्रममा स्थानीयले अवरोध गरेपछि झडप भएको छ । वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप हुँदा ७ जना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्त समेत घाइते भएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म स्थानीय घाइते भएरनभएको जानकारी आउन नसकेको प्रहरीले जनाएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय, वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय र वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको शव व्यवस्थापनका स्थानीयले अवरोध पुर्याएका हुन् । प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्दै सेनाले शवको ब्यबस्थापन गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close