सभामुख सापकोटाको अगुवा सुरक्षाकर्मीमा कोरोना पुष्टि

काठमाडौँ, साउन १८ । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाको सुरक्षार्थ खटिनुभएको अगुवा गाडीका एकजना सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

प्रहरी हेडक्वार्टरमा कार्यरत एकजना साथीमा कोरोना देखिएपछि सभामुखको सुरक्षार्थ अगुवा गाडीमा खटिनुभएका सुरक्षाकर्मीको पनि स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुखको सुरक्षार्थ खटिनुभएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

उहाँको परीक्षणको परिणाम पोजिटिभ देखिएपछि सुरक्षार्थ खटिनुहुने अन्य सुरक्षाकर्मीको पनि कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी पठाइएको सचिवालयका एक सदस्यले बताउनुभयो । सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि सभामुख सापकोटाको पनि स्वाब परीक्षण गरिने नाम नबताउने सर्तमा सचिवालयका सदस्यले जानकारी दिनुभयो । सभामुखको सचिवालय सदस्य तथा सुरक्षार्थ खटिने सबै सुरक्षाकर्मीलाई कोरोना फैलिन नदिनेबारे सचेत गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close