वीरगंजमा आजमात्रै थप ४५ जनामा कोरोना संक्रमण पुष्टि, अवस्था भयाभह

वीरगंज , १८ साउन । वीरगंजमा आज फेरी थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्ला दिनमा नेपालमा समुदायस्तरमा नै कोरोना संक्रमण पुष्टि भइरहेका बेला आज १४ महिला सहित थप ४५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड़ अस्पताल गण्डकका इन्चार्ज डा। निरज सिंहले जानकारी दिए ।

पछिल्ला दिनमा वीरगञ्जमा मात्रै दैनिक कोरोनाका बिरामीको ज्यान गइरहेका बेला आज ५ देखि ६० बर्ष उमेर समूहका मानिसहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा वीरगंज बिर्ता – ४ कि एक ५ वर्षीय बालिका सहित बिर्ताका १४ जना, ड्राईपोर्टका ५ जना, श्रीपुरका २० जना, छपकैयाका १ जना, मनियारीका १ जना, भगवतीटोलका १ जना, बीरगंज – ८ का १ जना, सखुवाप्रसौनीका १ जना तथा निर्मलबस्ती ठोरीका १ जना रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
//graizoah.com/afu.php?zoneid=3451313
>
Close