काठमाडौँमा कोरोनाको महामारी बढ्दो, बग्गीखानाका ट्राफिकमा कोरोना देखिएपछि गरियो सिल

काठमाडौँ । काठमाडौँको रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखाका २ ट्राफिक प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएसँगै पूर्ण रुपमा सिल गरिएको छ ।

शुक्रबार दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै बग्गीखानाको ब्यारेकभित्र रहेकाहरुलाई क्वारेन्टाइनमा राखिएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

कोरोना संक्रमणको पुष्टिसँगै सो क्षेत्रमा पनि आवतजावत पूर्ण निषेध गरिएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

पछिल्लो पटक २ अधिकारीहरुमा संक्रमण पुष्टि भएसँगै एसएसपी ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
//graizoah.com/afu.php?zoneid=3451313
>
Close