नेपालमा आइतबार थप २४६ जनामा कोरोना संक्रमण पुष्टि , १११ जना डिस्चार्ज

काठमाडौं, साउन १८ । नेपालमा आइतबार थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितहरुको दर बढीरहेका बेला देशभर कुल संक्रमितको संख्या २० हजार ३३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा जानकारी दिए ।

त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ पुगेको छ भने पछिल्लो २४ घण्टामा १११ जना उपचारपछि निको निको भएर घर फर्केका छन्।

आज ८ हजार ८६१ को पीसीआर परीक्षण गरिएको स्वास्थ्इ मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या १४ हजार ६०३ रहेको छ। त्यस्तै आज १ जनाको मृत्यु भएको छ भने ज्यान गुमाउनेको संख्या ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
//graizoah.com/afu.php?zoneid=3451313
>
Close