फेरि दुई साता लकडाउन गर्न प्रम ओलीलाई विज्ञले दिए सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुलाई बोलाएर कोरोना संक्रमण र भावी रणनीतिबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तिामा २ हप्तासम्म छलफल गर्न सुझाव दिएका छन् ।

सो अवसरमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको जानकारी दिए ।

उनीहरुले छिट्टै कम्तीमा पनि २ साता लकडाउन घोषणा गरेर त्यो बीचमा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिएको नेता ठाकुरले बताए ।

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारले सुझाव लिनेमात्रै नभइ काम पनि गर्नुपर्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close