
पोखरा । पछिल्लो समय कोरोना संक्रमितको संख्इा ह्वात्तै बढेका बेला गण्डकी प्रदेशमा पनि कोरोनाका बिरामी थपिएका छन् । स्याङजाका थप ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबार बेलुका स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाका ६ पुरुष र २ महिला तमा कोरोना भाइरस देखिएको पुष्टि गरेको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ४३ पुगेको छ । त्यस्तै प्रदेशमा हालसम्म संक्रमित मध्ये १ हजार ३ सय ५२ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।